विद्यार्थीलाई कोरोना खोप लगाउन दुई मन्त्रीको गफगाफ

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच छलफल भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले खोप लगाउने विषयमा स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन्। मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन्।

छलफलका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए। १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन। १२ वर्षमाथिका विद्यार्थीका लागि एक लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने छ। जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन्। ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..