कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई परीक्षा स्थगित गर्न आग्रह गर्नुभएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..