कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको निधन

नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो ।

मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए ।

खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।

उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..