यसरी ल्याउँदैछ चीनबाट ४० लाख डोज खोप (तालिकासहित)

साउन पहिलो सातासम्म चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आउने भएको छ । प्रधानमन्त्री परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार खोप ल्याउने अन्तिम तयारी भएको छ ।

नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको सूचीअनुसार २३ जुलाई तारिखसम्म उडान तालिका तय गरिएको छ ।

चीनको सिनोफार्म कम्पनीसँग भएको सरकारको नन-डिस्क्लोजर अग्रिमेन्ट अनुसार खोप ल्याउन लागिएको जनाइएको छ । खोप ल्याउने भनिएपनि खोपको मूल्यबारे केही बताइएको छैन यद्यपी स्रोतहरुले एक डोजलाई १४ डलर मूल्य तिरेर ल्याउन लागिएको हो ।

पहिलो खेप ल्याउन असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..