यी अस्पतालमा सर्बसाधारण कोरोना संक्रमितले निःशुल्क उपचार पाउने

सर्बसाधारणलाई कोरोना संक्रमणका बिरामीलाई सुलभ ढंगले उपचार गर्न मद्यत गर्नेगरी सरकारले देशका विभिन्न जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसियू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना वापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने सम्झौता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..