सप्तरीमा विद्यालय खोल्ने ११ प्रधानाध्यापक पक्राउ

विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेको भन्दै सप्तरी प्रशासन कार्यालयले ११ जना निजी विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली सोमबार बिहान सञ्चालनमा रहेका निजी विद्यालयमा पुगेको थियो ।

सरकारको निर्णयलाई वेवास्ता गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । हाल जिल्ला प्रहरी कार्यालयमा राखिएका प्रधानाध्यापकहरुलाई कानून बमोजिम कारवाही गरिने छ । सरकारले वैशाख ६ गते सप्तरीसहित विभिन्न १४ वटा जिल्लाई कोरोना संक्रमणको अति प्रभावित घोषणा गरेर उक्त जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाखमसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..