annapurna add

119133928 1253273861717554 7470492696270791793 n

अखिल (क्रान्तिकारी) उपत्यका विशेष समन्वय समितिको आयोजनामा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकाल, महासचिब प्रकाश शाही, कोषाध्यक्ष नरेन्द्र विक र उपत्यका विशेष समन्वय समितिका संयोजकलगायत १५ जनाले रक्तदान गरेका छन् ।

सो अबसरमा उनीहरुले ब्लड बैंकमा रगतको अभाव हुँदा आवश्यक भएको बेला सङ्गठनद्वारा रक्तदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्वव्यापी रुपमा कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।

प्रकासित मिति

 
 
Loading...