ट्युमरको अपरेसनका लागि पूर्वप्रधानमन्त्री भट्टराई आज वीर अस्पताल भर्ना हुँदै

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई शल्यक्रिया (अपरेसन) का लागि आज (बिहीबार) अस्पताल भर्ना हुँदैछन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया गराउन काठमाडौंस्थित वीर अस्पताल भर्ना हुने भएका हुन् ।

डा. भट्टराईको सचिवालयका अनुसार डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्ने भएको हो । शल्यक्रिया भोलि शुक्रबार हुनेछ ।

यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए । तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो ।

ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए । सोहीअनुसार डा. भट्टराईले देशकै सरकारी अस्पताल वीर अस्पतालमा त्यसको शल्यक्रिया गराउन लागेका हुन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..