annapurna add

Bhola Thapa

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक बालचन्द्र लुइँटेलको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । उनीहरूले तेस्रो कार्यकाल पनि माकाजूलाई नै उपकुलपति बनाउन जोड बल गर्दै आएको स्रोतको दाबी छ ।

माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । थापा स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् । उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...