अरु देशले दिएको ३ लाख कोरोना खोप भुटानले नेपाललाई दिंदै

भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अस्ट्राजेनेका कम्पनीका ३ लाख डोज खोप सहयोग गर्ने भएको छ। आफ्ना नागरिकलाई लगाइसकेपछि उब्रिने खोप भुटानले नेपाललाई दिने भएको हो।

अमेरिकाले ५ लाख डोज मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप उपलब्ध गराएको भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशले पनि अस्ट्राजेनेकाकै १ लाख र सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..