क्यान्सरको औषधि नेपाल मै उत्पादन सुरु

नेपालमा पनि क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्रभाइभेट कम्पनीले नेपालमा पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि उत्पादन सुरु गरेको हो।

एन्टी क्यान्सर औषधि उत्पादन गरेको विषयमा जानकारी दिन कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा कम्पनीले आफ्ना उत्पादनसमेत सार्वजनिक गरेको हाे। काभ्रेको नालामा रहेको यो कम्पनीमा शत-प्रतिशत विदेशी लगानी रहेको बताइएको छ। कम्पनीले हालसम्म ३२ करोड रुपैयाँ लगानी गरेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..