अखिल (क्रान्तिकारी) डडेल्धुराको अध्यक्षमा चन्द्रसिंह ऐर

अखिल (क्रान्तिकारी) डडेल्धुराको दशौं जिल्ला सम्मेलनबाट चन्द्रसिंह ऐर अध्यक्षतामा निर्वाचित भएका छन्। त्यसैगरि उपाध्यक्षमा चेतराज ओझा, तारा भट्ट, रामसिंह गुर्धामि, सचिवमा बिपिन महर सहसचिवमा कल्यान बि.क र करन धिक्त, कोषाध्यक्षमा सरस्वती पाल लगायत ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुन थिए। पुनले संगठनमा निति, विधि र पद्वतिमा चल्ने जानकारी गर्दै वरिष्ठता, योग्यता, क्षमता,सक्रियता र निरन्तरतामा भएका संगठनको श्रेष्ठ र दक्ष ब्यक्तीहरुलाई संगठनले जिम्मेवारी दिने जानकारी गर्दै संगठनको विधि, पद्वति र काम छोडेर पार्टी नेताहरु र संगठनका नेताहरुको आशिर्वाद र आश्वासनको पछि लागेर मात्र नेता हुन पाईन्छ भन्ने सपना नदेख्न आग्रह गरे।

डडेल्धुरा जिल्लामा रहेका प्रत्येक मावि, +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ। ‘समाजवादी शिक्षा प्रणाली लागु गराउने हाम्रो आन्दोलन, जुझारु र सक्षम नेतृत्व र सुदृढ संगठन निर्माण गर्नका लागि दशौं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको थियो।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक सन्तोष भट्टको सभापतित्वमा सम्पन्न अखिल(क्रान्तिकारी) डडेल्धुराको दशौं सम्मेलनमा माओवादी केन्द्रका डडेल्धुरा अध्यक्ष तथा विशेष अतिथि मानसिंह माल (क्रान्ति) क्रान्तिकारीका सचिव तथा सुदुरपश्चिम प्रदेश संयोजक मदन भुल, क्रान्तिकारीका केन्द्रिय नेताहरु भिम भट्ट, पावर्ती नेगी, दिपक विसि, लाल बहादुर पाण्डे लगायतले सम्बोधन गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..