तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी जोखिममा पर्ने

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् ।

कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको छ । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..