कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने, हल्लाको पछी नलाग्न आग्रह

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए ।

‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ कान्तिपथ डटकमसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै पौडेलले भने ‘परीक्षाका लागि आवश्यक तयारी जारी छ ।’

कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..