आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

युरोपेली युनियन अन्तर्गतका मुलुक आयरल्याण्ड र डेनमार्कले स्वास्थ्य सामग्री सहयोग गरेको छ। शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले स्वास्थ तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन्।

डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्‍त भएको छ।

त्यसैगरी आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०, थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,००० सहयोग प्राप्‍त भएको छ।

इयूकी राजदूत डेप्रेजले कोभिडविरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेकी बताइन्। युरोपेली मुलुक नेपालको साथमा सधै रहने उनको भनाइ छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..