देवदर्शन मिडिया ग्रुपद्वारा चन्द्रागिरिमा रहेका पत्रकारहरूलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान

देव दर्शन मिडिया ग्रुपले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोरोनाको दोश्रो लहर बढ्दै गएका वेला देवदर्शन मिडिया ग्रुपले थोरै भए पनि पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराइएको देब दर्शन मिडिया ग्रुपका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी रोसन दानीले बताए ।

चन्द्रागिरिको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा पत्रकारहरूलाई बोलाएर सुरक्षाको लागि सेनिटाइजर र प्रत्येक सञ्चारकर्मी बापत ५० थान मास्क करिब दुई दर्जन पत्रकारलाई वितरण गरिएको हो ।

देब दर्शन मिडिया ग्रुपका सञ्चालन तथा पत्रकार महासंघ एसोसिएट प्रदेशका उपाध्यक्ष श्रीहरि थापा देवदर्शन मिडिया ग्रपका अध्यक्ष रामनारायण घिमिरे, भेहिकहलका सञ्चालक माधव प्रसाद अधिकारी,पुर्ण प्रसाद श्रेष्ठले ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

देब दर्शन मिडिया ग्रुपका सञ्चालन तथा पत्रकार महासंघ एसोसिएट प्रदेशका उपाध्यक्ष श्रीहरि थापाले “राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस्, स्वतन्त्रता पक्षधर सबैलाई आग्रह गरे । उनले सवै पत्रकारहरू सुरक्षित भएर आफ्नो कर्म क्षेत्रमा लाग्न अनुरोध गरे ।

देवदर्शन मिडिया ग्रुपका अध्यक्ष रामनारायण घिमिरेले आवश्यकता अनुसार पत्रकारहरुको जोखिम न्यूनिकरणका लागि थप स्वास्थ्य सामाग्री निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरि पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको र फिल्डमा काम गर्न असहज होस् भनी चन्द्रागिरिमा रहेका सञ्चारकर्मीहरूलाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको उनको भनाइ छ ।

सञ्चारकर्मी रोसन दानीले चन्द्रागिरिमा सञ्चालित अन्लाईन तथा यहाँ बसोवास गर्ने थाहा भए सम्ममा सञ्चारकर्मी साथीहरूलाई कोभिडको अवस्थामा केही भए पनि सहयोग पुगोस भन्नेर हेतुले बितरण गर्दै जानकारी दिए ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..