मुटु रोगबाट बच्न खानुहोस् पोलेको मकै

poleko mokaiमकै नेपालको मुख्य अन्नबालीमा पर्दछ ।मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रूपमा सँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । पोलेको मकै जति मिठो हुन्छ त्यती नै फाइदा पनि छन् । यसको सेबनले हाम्रो शरिरलाई पनि धेरै नै फाइदा गर्छ । मकैमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । नियमित मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन ।मकैले कोलस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ ।

मकैमा फोलिक एसिड पर्याप्त मात्रामा हुने भएकाले गर्भवती महिलाका लागि यो फाइदाजनक मानिन्छ । मकैमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यस्तै, छाला स्वस्थ राख्नुका साथै रोगप्रतिरोधी क्षमता बढाउँछ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ । यसमा कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसको मात्रासमेत पाइन्छ, यी हड्डीका लागि फाइदाजनक तत्व हुन् । भुटेको र पोलेको मकैमा कार्बोहाइडे«टको मात्रासमेत उच्च हुने हुँदा यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

यसको सेबनले बढ्दो उमेरको लक्षणलाई रोक्छ । मकैको सेबनले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । मकै खाने गरेमा दाँत पनि बलियो हुन्छ । मकै बच्चाहरुको लागी पनि फाइदाजनक छ ।

यसको सेबनले बच्चाको शारीरिक र मानसिक विकास हुन्छ । पोलेको मकैले मुटुलाई पनि फाइदा गर्छ । भुटेको मकैमा फाइबर हुनाले यसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा वा सुकाएर जलाएको धुँवाले रुघाखोकी निको हुन्छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..