यस्ता बिरामीले बिहानै खाली पेटमा खानुहोस् लसुन

 lasun

लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

लसुनमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू प्रयाप्त मात्रामा हुने गर्दछ ।

दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ ।

यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ । र शरीरलाई उर्जा पनि प्रदान गर्छ ।

बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरामीका लागि राहत मिल्छ ।

यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।

यति मात्र होइन, कुन रोगका बिरामीले कसरी लसुन सेवन गर्ने भन्ने विधि थाहा भएको खण्डमा यसले मानिसको शरीरलाई निकै फाइदा पुर्याउँछ । कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ ।

यसैगरी, नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..