annapurna add

cabinet 1

सरकारले कोरोना भाइरसको महामारीकाबीच विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने र विद्यालयलाई क्वारेन्टाइन स्थल नबनाउने निर्णय गरेको हो । ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन । साथै क्वारेन्टाइन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ’, सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने ।

त्यस्तै सरकारले विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ । त्यस्तै सरकारले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ । विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ । त्यस्तै सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...