annapurna add

gkc humla

हुम्ला जिल्लाका दुरदराजका बस्तीमा पुगेका डा. गोन्दि केसीले ८० जना जनताको निशुल्क उपचार गरेको छन्। बाजुराको मार्तडीबाट पैदल हिडेर हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य चौकीमा उनले दुई दिनसम्म विशेषज्ञ सेवा प्रदान गरेका हुन।

झोला बोकेर बाजुराको मार्तडी हुदै पैदल हुम्ला प्रवेश गरेका डा.केसीले पहिलो दिन ३५ र दोस्रो दिन ४५ जनालाई निशुल्क उपचार गरेका हुन।यसरी निशुल्क डा. केसीसंग उपचार लिनेमा अदानचुली र ताँजाकोटका जनता रहेका छन्।

डा. केसीले सञ्चालन गरेको हड्डी तथा हाडजोर्नी सम्बन्धि नि:शुल्क शिविरमा बालक देखि वृद्धसम्मका बिरामीहरु आएका थिए । बिरामीको चेकजाँच गर्ने र औषधी स्वासथ्य चौकीमा भए उपलब्ध गराउन सिफारिस गरेका थिए भने नभए बाहिरबाट झिकाउन सुझाएका थिए।

आईतबार उनी बाजुरा जिल्लाको कोल्टीमा हड्डी सम्बन्धि बिरामीको उपचार गर्न त्यता पुगेर कालिकोटतर्फ लाग्ने छन् । डा. केसीलाई गाउँपालिकाको स्वास्थ्य शाखाले सहजिकरण गरि रहेको छ। उनले जनतालाई दुख नदिने भन्दै निशुल्क चिया पनि खाएनन, सबै थोक किनेरै खाए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर