annapurna add

himalaya chhhut

कोटेश्वरस्थित हिमालय कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरेर वार्षिक शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरेको छ । कोरोना महामारीले सिंगो संसारको आर्थिक अवस्था जर्जर बनाएको परिदृश्यलाई मध्यनजर गर्दै छुटको व्यवस्था गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले कान्तिपथलाई बताए । विद्यार्थीको समग्र आर्थिक र शैक्षिक अवस्थाको मुल्यांकन गरेर छुटको व्यवस्था गर्न लागेको अधिकारीले बताए । असोज मसान्तसम्म भर्ना गर्ने विद्यार्थीको हकमा मात्र उक्त निर्णय लागु हुनेछ ।

कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको अध्यापन गराउदै आएको छ । कलेजले दिने भनेको छुटमा प्रयोगशालाको शुल्क पनि समावेश गरिएको छ । छुटको व्यवस्था कक्षा १२ मा भने हुने छैन । कोरोनाले आक्रान्त बनेका विद्यार्थी, अभिभावकलाई मध्यनजर गर्दै राहत स्वरुप छुट गर्न लागिएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार