कोरोना जोखिम: इलाम नगरपालिकाद्वारा भेला, सम्मेलन रोक्न निर्देशन

ilam meetingविश्वभर बढ्दो क्रममा देखिएको कोरोन भाइरस बाट बच्न सरकारले गरेको आव्हान अनुरुप इलाम नगरपालिका नगर कार्यपालिकाकाे मिति २०७६ फाल्गुण २१ गतेकाे बैठकबाट नगर क्षेत्रमा कुनै सभा सम्मेलन तथा सांस्कृतिक कार्यक्रम  गर्न राेक लगाउने निर्णय गरेको छ ।

यसका  साथै प्रत्येक वडा टाेलमा सचेतना कार्यक्रम घरदैलाे कार्यक्रमकाे आयाेजना गर्ने  विषयमा  विभिन्न संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधि प्रमुखकाे उपस्थितिमा छलफल गरी नगरकाे अभियानलाई  जिल्ला स्तरीय अभियानकाे रूपमा लाने निर्णय समेत गरिएको छ  ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो ।

जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।

यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ । हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ ।

यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
*धेरै ज्वाेरो आउनु र खोकी लाग्नु
*छिटोछिटो सास फेर्नु
*श्वासप्रश्वासमा कठिनाइ हुनु
*गम्भीर भएमा निमोनिया हुनु
*सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
*मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

*नियमित रूपमा हात सफा गर्ने
*खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
*मासु र अण्डा राम्रोसँग पकाएर खाने
*कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

*एक आपसमा भेट हुँदा अंकमाल अथवा हात मिलाउनुको भन्दा नमस्कार गर्ने
*अनिवार्य माक्सको प्रयोग गर्ने
*पोषिलो खाना खाने

 

Kantipath Media

यो छुट्टाउनु भो कि..