काठमाडौँको मुटु मै संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको मुटु मानिने प्रदर्शनीमार्गमा विभिन्न पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुतला दोहानसमेत गरे । प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमविरुद्ध नाराबाजी गरेका उनीहरूले प्रतिनिधिसभा पुन:स्थापना गर्न माग गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् ।

बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे अखिल (क्रान्तिकारी) का अध्यक्ष रंजित तामाङ्गले बताए । अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विरोध प्रदर्शन गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन्। प्रदर्शनमा सहभागी केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। तस्बिर : सुशील श्रेष्ठ/सुरेन्द्र बस्नेत

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..