ललितपुरमा आयुर्वेद सेवा सम्बन्धी समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

ललितपुर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान श्रेष्ठको सभापतित्मा आयोजना भएकोमा स्थानीय जनप्रतिनिधिको समेत उपस्थितिमा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी समन्वय र वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

होटल भ्यु भृकुटी, गोदावरीमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुण्डि प्रसाद निरौला, वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. मुनकर्ण थापा, जिल्ला स्वास्थ्य ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल, ललितपुरका सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. अनु शाक्यको प्रस्तुतिकरण रहेको थियो । कार्यक्रममा शाक्यले यस आर्थिक वर्षभित्र कार्यालयले संचालन गरेका उपचारात्मक, प्रवर्धनात्मक तथा जनचेतनामुलक कार्यक्रमको बारेमा जानकारी दिएकी थिईन् । गोदावरी नगरपालिका अन्तरर्गत रहको चापागाउँ र विशंखु नारायण आयुर्वेद औषधालयबाट कविराज निरीक्षक सन्तोष श्रेष्ठले बार्षिक कार्यक्रमको प्रगति विवरणको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्रबाट प्रवाह हुने सेवा सुबिधाको बारेमा चर्चा भएको थियो । साथै सबै स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिक आरोग्य सेवा केन्द्रमा औषधिको अभाव हुन नदिन बजेटको व्यवस्थापन गर्ने तथा आगामी दिनहरूमा आयुर्वेद सेवाको विकास र विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..