annapurna add

geta 2

कैलालीमा निर्माणको अन्तिम चरणमा रहेको गेटा मेडिकल कलेजमा आगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन्। २७ दिनदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच शनिबार मध्यराति भएको ८ बुँदे सहमतिमा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भइसकेको, अस्पताल भवन, छात्रबास भवन, कर्मचारी भवन लगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको उल्लेख छ ।

मन्त्रिपरिषदमा रहेको एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विद्येयकलाई संघीय संसदको हिउँदे अधिवेशनमा पेश गरी ऐन जारी भएपछि पूर्वाधार र जनशिक्त पूरा गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम निर्धारित समयावधी २०८० को फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमतिमा उल्लेख छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...