यस्ता समस्या इयरफोन लगाएर ठूलो स्वरमा गीत सुन्दा त भएका हैनन् ?

airphone

पछिल्लो समय अधिकांस मानिसहरूमा इयरफोन लगाउने चलन बढ्दै आएको छ । गीत सुन्दा, फिल्म हेर्दा वा डिस्टर्ब नहोस् भनेर घन्टौसम्म कानमा इयरफोन लगाएर ठूलो स्वरमा गीत संगीत सुन्ने गर्दा कानमा समस्या संगै मस्तिष्क,मुटुमा समस्या निम्त्याउने गर्दछ ।
इयरफोनबाट निस्किने चुम्बकीय तरंगहरू कानबाट दिमागमा जाने हुँदा व्यक्तिको दिमागमा नकारात्मक असर पर्छ । यसले टाउको दुख्ने, निन्द्रा नलाग्ने, कान कम सुन्ने, एकोहोरो हुने जस्ता समस्याहरू निम्त्याउँछ । यसका साथै यसको प्रयोगले हृदय तथा मानसिक स्तिथिमा समेत असर पुर्‍याउने गरेको साबित भएको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनका अनुसार इयरफोनबाट निस्किने ध्वनीको ७० प्रतिशत हामीले सुन्ने गर्छौं र त्यसले ९० डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गरिरहेको हुन्छ ।

यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्न सक्ने हुँदा कान सुन्ने क्षमतामा कमी हुन सक्छ । दुई घण्टाभन्दा धेरै समय ९० डेसिबल भन्दाको चर्को ध्वनि भएको संगीतलाई इयरफोनमा सुन्दा बहिरोसमेत हुन सक्ने उल्लेख गरिएको छ ।

इयरफोनले कानको नलीभित्र गहिरो खाल्डो बनाएर बहिरोपनाको जोखिम बढाउने गर्छ । ठूलो आवाजमा इयरफोन लगाएर धेरै समय बस्नु कानको लागि मात्र नभएर हृदयलाई समेत असर पारिरहेको हुन्छ । ठूलो आवाज सुन्दा हाम्रो मुटुको धड्कन छिटो गतिमा बढ्ने कारणले मुटुमा समस्या उत्पन्न हुन सक्छ । साथै, एउटै इयरफोनलाई धेरै जनाले प्रयोग गर्नु हुँदैन ।

यसरी इयरफोने सेयर गर्दा विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमणको खतरा रहन्छ । जसले गर्दा कान तथा छालासम्बन्धी समस्याहेरू उत्पन्न हुन गइ कान चिलाउने, घाउ हुने, पाक्ने हुन सक्छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..