विद्यार्थीको बानी सुधार्न निर्घात कुटपिट र यातना

Jagriti school

कान्तिपथ समाचारकाे प्रभाव : विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

जागृति एकेडेमीमा ३४ विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका बर्खास्त (सूचनासहित)

जागृति एकेडेमीमा विद्यार्थी माथि निर्मम यातना: ब्लेडले हात चिर्ने देखि दाँत भाँच्नेसम्म

Jagriti schoolगत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन्।

२० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् ।

घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमँलक घटना हुन्।

तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन्। दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए । ‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’

तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ । 

कानुनमा के छ  ?

बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपले बालबालिकाहरुलाई कुनैपनि वहानामा कुनै किसिमको भौतिक तथा शारीरिक दण्ड दिन नपाउने ब्यवस्था गरेको छ ।  यति मात्र होइन बालअधिकार सम्वन्धी विश्वब्यापी महासन्धि १९८९ मा बालअधिकार अन्तर्गत प्रत्येक बालबालिकाले भेदभाव, शोषण, दुब्र्यवहार, अवहेलना, यातना जस्ता स्थितिवाट सुरक्षित हुन पाउने अधिकारको सुनिश्चितता हुने तथा वयस्कहरुवाट हुने विभिन्न खालका शोषणकार्यको उपचारको लागि बालबालिकाका लागि कानुनी संरक्षण प्राप्त हुने कुरा उल्लेख छ ।

नेपालको संविधान २०७२ मा  प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमका शोषण विरुद्धको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । वर्तमान शिक्षा नियमावलीमा शिक्षकका आचरसंहिता अन्तर्गत विद्यार्थीलाई कुनै किसिमको शारीरिक तथा मानसिक यातना दिन नपाउने ब्यवस्था गरिएको छ ।

यसको साथ साथै विद्यालयमा अध्ययनरत बालबालिकाले पूर्णरुपमा भयरहीत तथा बालमैत्री वातावरणमा सिक्न पाउनु पर्ने भनेर यस सम्वन्धमा शिक्षा विभागले विभिन्न प्रकारका तालिम, सेमिनार, गोष्ठी सञ्चालन गर्ने देखि लिएर आवश्यक जानकारी तथा सुचनाहरु सम्पे्रषण गर्ने कार्य समेत गरिरहेको छ ।

दण्ड, सजाय तथा यातनाले बालाबालिकामा सकारात्मक प्रभाव पर्नुको साटो झन् नकारात्मक असर परेको तथ्य विभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेको छ । क्षणिकरुपमा डर एवम् त्रासको प्रभावले सिकारुले केही सिके पनि या त अनुशासित भएजस्तो देखिए पनि त्यो टिकाउ हुँदैन । बरु सिकारुमा आक्रोश, कुण्ठा, प्रतिशोध, नैराश्यता, चिन्ता, हिनताबोध जस्ता नकारात्मक भावनाको विकास हुने सम्भावना अधिक रहन्छ ।

यस अर्थमा पनि विद्यालयमा हुने सवैखाले हिंसा तथा यातनाको अन्त्य जरुरी छ । त्यसो त सिकारुको रुचि, चाहना, ईच्छा, क्षमता तथा योग्यताको समुचित कदर गर्दै बालमैत्री एवम भयरहीत वातवरणमा सिकारुको आत्मसम्मान र आत्मविश्वासलाई समेत प्रोत्साहन गरी शिक्षण गर्न सके प्रभावकारी शिक्षण सम्भव छ । र यस्तो शिक्षणबाट सिकाइ दीर्घकालीन पनि हुन्छ । अनि सिकारु स्वम् सिर्जनशील हुन्छन् । आत्मविश्वासी बन्छन् ।

बालबालिकाले प्रयत्न र भूलवाट नै सिक्ने गर्छन् । प्रत्येक सिकारुमा वैयक्तिक भिन्नता हुन्छ । यही वैयक्तिक भिन्नताको कारण सिकारुको सिक्ने गति तथा तरिकामा पनि भिन्नता हुन्छ । सवै सिकारुले सिक्न सक्छन् । फरक यति मात्र हो कसैले छिटो सिक्छन त कसैले अलि ढिलो । दण्डले त सिकारुको मनोवल कमजोर वनाउँछ । हिनतावोध बढाउँछ । सिकारुको आत्माविश्वास र आत्मासम्मानमा चोट पुर्याउँछ ।

यही वास्तविकतालाई आत्मासात गर्दै विद्यालयलाई यातनमुक्त वनाउन प्रभावकारी अनुगमन तथा निरीक्षण गरि दोषीलाई उचित कार्वाही गर्न खुट्टा कमाउनु हुँदैन ।

Kantipath Media

यो छुट्टाउनु भो कि..