क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

cancerकाठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुलक गर्ने व्यवस्था मिलाउन लागेको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिलाको प्रमुख समस्या क्यान्सर उपचारमा सघाउँदा सानो सहयोगले ज्यानै बच्ने अवस्था देखेर यस्तो योजना ल्याएको बताए । मन्त्री खड्काले प्रत्येक बर्ष करिब ४२ करोड हाराहारी भार बेहोर्दा ५ हजार भन्दा बढी महिलाको ज्यान जोगिने बताए ।

२०७३ फागुन १७ गते  

Kantipath Media

यो छुट्टाउनु भो कि..