annapurna add

tribhuwan university lLIrHWCcd7

इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको छ । साथै संस्थानले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ । इन्जिनियरिङ संस्थान डिनको कार्यालयले तत्कालका लागि परीक्षा स्थगित गर्ने र अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘विश्वभर फैलिएको कोभिड १९ को महामारीले गर्दा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका स्नातक तथा स्नाकोत्तर तहका परीक्षाहरु क्रमश भाद्र अन्तिम र तेस्रो साताबाट संचालन हुने भनि परीक्षा नियन्त्रण शाखाले साउन १५ मा सूचना प्रकाशित गरेकोमा हाल कोभिड १९ को महामारी कायमै रहेकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षा हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ । कोरोना भाइरस माहामारीको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित गरेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर