चेन अफ कमाण्ड लत्याउदै आईजीपी थापा: ‘वरिष्ठ’ बाईपास, ‘कनिष्ठ’ लाई जिम्मेवारी

नेपाल प्रहरीमा फेरि पनि जुनियर एआइजीले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका छन् । प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री टर्की एआइजी निरज शाहीलाई निमित्तको जिम्मेवारी दिएर टर्की यात्रामा निस्किएका छन् । सिनियर एआइजी हरिबहादुर पालले यसपटक पनि निमित्तको जिम्मेवारी पाएनन् । गृह मन्त्रालयले उनलाई निमित्त नदिन प्रहरी महानिरीक्षकलाई भनेको थियो । गृहमन्त्री बालकृष्ण खाण र एआइजी पालबीच विवाद बढेको छ ।

भारत भ्रमणमा जाँदा उनले एआइजी प्रद्युम्न कार्कीलाई निमित्त दिएका थिए। हाल टर्की भ्रमणमा एआइजी काकी पनि सँगै छन् । इन्टरपोलको महासभामा भाग लिन महानिरीक्षक थापा नेतृत्वको टोली टर्की गएको हो । यसअघि कार्तिक २६ मा भारतको हैदरावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दिक्षान्त समारोहमा जाँदा पनि आईजीपी क्षेत्रीले दुईजना बरिष्ठ एआईजी हुँदाहुँदै प्रधुम्न कार्कीलाई जिम्मेवारी दिएका थिए ।

चेन अफ कमाण्डलाई लत्याएर कार्की जिम्मेवारी दिएको भन्दै हरि बहादुर पाल र निरज बहादुर शाही असन्तुष्टि जनाउँदै विदामा बसेका थिए । भारत जाँदा पनि ‘सेकेन्ड इन कमाण्ड’मा रहेका हरि बहादुर पाललाई चार्ज नबुझाउन गृहमन्त्री खाँणले दवाव दिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..