इन्स्पेक्टर भुपेन्द्रको गित ‘धोका माथि धोका’ युट्युब ट्रेन्डिङमा

  • 2 weeks अगाडि

प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकीको शब्द रहेको गीत ‘धोका माथि धोका’ सार्वजनिक भएको छ । गीत प्रमोद खरेलको स्वर, सुनिल बिसीको लय र विशाल निरौलाको सङ्गीत संयोजनमा छ । बुढाथोकीले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

समाचार तयार गर्दासम्म गीतले झन्डै ५ लाख भ्युज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान ओगट्न सफल भएको छ । गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा विक्रम र स्मारिकाको रोमान्स सुहाउँदो छ ।