annapurna add

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले अफगानिस्तानको राजधानी काबुलको एक विश्वविद्यालायमा भएको हमलाको निन्दा गर्नुभएको छ ।

immanuel macronउहाँले काबुलको विश्वविद्यालयमा आईएसद्धारा भएको हमलाको निन्दा गर्नुभएको हो । उहाँले आफ्नो ट्वीट अकाउन्टमा सो हिंसात्मक हमलाको घटनाको निन्दा गर्नुभएको हो ।

गत सोमबार उक्त विश्वविद्यालयमा आईएसका लडाकूहरु आएर हमला गरेका थिए ।

विश्वविद्यालयका विद्यार्थीहरुमाथि नै हमला गरेका थिए । उक्त हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो भने अरु कैयौं विद्यार्थी गम्भीर रुपमा घाइते भएका थिए ।

सो हमलाको जिम्मेवारी आइएसले लिएको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले ट्वीटमा भन्नुभएको छ– यसरी विद्यालयमा पुगेर विद्यार्थीहरुमाथि गर्ने हिंसात्मक हमला र हत्याको कार्य निन्दनीय छ । यसमा संलग्न भएका सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्दछ ।

उहाँले शिक्षण संस्थाहरु भनेका पवित्र स्थानहरु भएकोले ती स्थानहरुलाई संरक्षण गर्नुपर्ने पनि त्यस सन्देशमा जनाउनुभएको पनि सो समाचारमा जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...