जापानमा रहेका लखनपुरवासीले जुटाए गाउँका लागि स्वास्थ्य सामग्री

रामेछापको दोरम्बा गाउँपालिका वडा नं ६ लखनपुरका दुई युवाले जापानमा रकम संकलन गरेर गाउँमा स्वास्थ्य सामग्री वितरणका लागि सहयोग जुटाएका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जापानका प्रवासी लखनपुरवासीले सहयोग जुटाएका हुन् । अध्ययनका लागि जापान गएका कुमार गौतम र मदन गौतमले अभियानको नेतृत्व गरेका हुन् ।

जापानबाट २५ जनाको सहयोगमा जुटेको सहयोग रकमले किनिएको स्वास्थ्य सामग्रीहरु दोरम्बा गाउँपालिका वडा नं ६ स्थित स्वास्थ्य कार्यालयका प्रमुख भोला प्रसाद ढुंगेललाई हस्तान्तरण गरिएको वितरण तथा सहयोग संकलनमा जुटेका उद्धव गौतमले बताए। मदन गौतमका अनुसार मदन गौतम, शोभा गौतम, दिपा गौतम, सुरेन्द्र गौतम, समिर गौतम र हिमाल गौतमले १० हजार जापानी ऐन सहयोग गरेका हुन् । त्यसैगरी रमा गौतमले ६ हजार ऐन सहयोग गरेकी छन् । अरु संगिता गौतम, सुप्रभा ढुंगेल, बिद्या गौतम, अनिता गौतम, बिनिता गौतम, सुप्रभात ढुंगेल, मिना कार्की, कृशाना गौतम (कट्टेल), सुस्मिता गौतम, गिता गौतम, बसन्त गौतम, सुनिल गौतम, निशा गजुरेल, सुशिला तिमल्सिना, गोमा गौतम, सरिता गौतम, शुभा थापामगर, रन्जिता गौतमले ५-५ हजार सहयोग गरेका हुन् । औषधि खरिदका लागि भने मेडिकल अध्यनरत मणिकण्ठ गौतमले सहयोग गरेका छन् ।

गौतमका अनुसार १ लाख ५ हजार ९ सय ३६ रुपैयाँको १२ प्रकारका औषधि तथा ४८ हजार २८ रुपैयाँको १३ प्रकारको कोरोना नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो। रकम संकलनको नेतृत्वमा जुटेका कुमार गौतम तथा मदन गौतमले आफ्नो जन्मभुमीमा कोहि स्वास्थ्य समस्यामा नपरोस भन्ने हेतुले अभियान संचालन गरिएको बताए । जापानमा रहेका सबै लखनपुरवासीको सहयोगले मात्र यो सम्भव भएको भन्दै रकम जुटाउने सबैलाई उनीहरुले धन्यबाद दिएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..