एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित

एनआरएनए अस्ट्रेलियाको जुलाई ३१ शनिबारको दिन सम्पन्न निर्वाचनमा नन्द गुरुङ सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा विजयी भएका छन् । उनले ८ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् ।

महासचिवमा राजुबाबु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनिल पोखरेल र कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भएका छन् । युवा संयोजकमा बबिन मिश्र तथा युवा उप-संयोजकमा चन्द्रप्रसाद तिवारी निर्वाचित भएका छन् भने साथै महिला संयोजकमा मञ्जु खड्का निर्वाचित भएकी छन् ।

निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरूमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य आचार्य, परेशराज घिमिरे, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल र नवीन भण्डारी निर्वाचित भएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..