annapurna add

e4822d23 451a 414e 94fe f32fe5b909b4

कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए । कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ ।

‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने । उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुनासाथ यसलाई हासिल गर्नको लागि ठूलो प्रयास गरिरहेको र उत्पादक कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...