annapurna add

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा शेर्पा थरकी एक नेपाली चेली घर आउनको लागि विगत पाँच महिनादेखि सबैसँग हारगुहार गरिरहेकी छन्।

गत वर्षको फेब्रुअरी ८ तारिखका दिन नेपालबाट परी ओभरसिज प्रालिकी म्यानेजिङ डाइरेक्टर गंगा खड्कामार्फत दुबई उडेकी उनी अहिले त्यहाँ दुई जुम्ल्याहा छोरीकी आमा बनेकी छन्।

बच्चासहित नेपाल आउन खोजिराखेकी उनी कागजपत्र बनाउनको लागि त्यहाँको सम्बन्धित सबै ठाउँहरुमा धाइन तर उनले सहयोग पाइराखेकी छैनन्। उद्धारको पर्खाइमा रहेकी उनलाई फोन गर्दा सुरुमै रुदै भनिन्, ‘पेपरहरु केही पनि बनेको छैन्, पैसा पनि छैन।

बच्चाहरु पनि रातभरि सुत्दैनन्। बच्चाहरुलाई यही नजिकै रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुले दुध र अरु सामग्रीहरु किनिदिनु भएको थियो। अहिले त त्यो पनि सकियो, बच्चालाई दुध किन्न पैसा पनि छैन्। एकदमै टेन्सन भइसक्यो।’

सिन्धुपाल्चोक घर भएकी उनी दुबई गएको यो फेब्रुअरीमा एक वर्ष पुग्यो। उनी दुबईको एक कम्पनीमा गत फेब्रुअरी १० तारिखका दिनदेखि काम सुरु गरेकी हुन्। उनका अनुसार त्यहाँ काम गरेको एक हप्ताभित्रमै उनको मेडिकल भयो।

रिपोर्टमा उनको प्रेग्नेन्सीको बारेमा केही पनि थाहा भएन। हुन त उनले नेपालमा पनि मेडिकल गरेर गएकी थिइन्। उनी स्वयम्लाई आफू प्रेग्नेन्ट भएको थाहा भएन र दुबै मेडिकल रिपोर्टले पनि देखाएन।

प्रेग्नेन्ट भएको थाहा पाउनासाथ कम्पनीलाई बिरामी छु घर जानु प-याे भनेर कुरा राख्दा कम्पनीले ४२ सय तिर अनि तिमीलाई घर पठाउँछु, भनेछ। कम्पनीको नियम अनुसार यूएईको पैसा ४२ सय तिर्नुपर्ने र त्यसैसमयमा कोरोना संक्रमणका कारण लागू भएको लकडाउनले गर्दा उनको ६ महिना उतै बित्यो।

काम गरिराखेकी उनले त्यहाँ मार्चको ८ तारिखमा कम्पनीबाट पहिलो पल्ट बिदा पाइन्। बिदा पाएपछि उनी साथीहरुसँग ट्रेन चढेर घुम्न गइन्। सोही समयमा उनलाई वमिट भयो। ट्रेनमा घुमेकोले वमिट भएको होला भन्ने लागेर त्यतिबेला उनले खासै वास्ता गरिनन्। तर उनलाई लगातार दुई महिनासम्म वमिट रोकिएन। र, हस्पिटल गएर देखाउँदा ग्यासको समस्या भएको भनिदियो।

त्यसपछि भने उनलाई खानेकुरा गनाउने, खान मन नलाग्ने आदि हुन थालेपछि शंका लागेर प्रेग्नेन्सी हो कि भनि जचाइन्। हस्पिटलको रिपोर्टले प्रेग्नेन्ट भएको देखाएपछि उनले सुरुमा नेपालमा भएका आफ्नो श्रीमानलाई फोन गरी सबै कुरा विस्तार लगाइन्। तर, उनको श्रीमानले औषधि खाएर बच्चा फाल्न दबाब दिए।

उनले पेग्नेन्ट भएको थाहा पाएपछि नेपाल आउन धेरै कोशिस गरिन्। तर जति कोशिस गरेपनि उनको श्रीमानले सहयोग नगरेकाले र अर्कोतिर कोरोना संक्रमणका कारणले गर्दा उतै अड्किन्।

प्रेग्नेन्ट भएको थाहा पाउनासाथ कम्पनीलाई बिरामी छु घर जानु प-याे भनेर कुरा राख्दा कम्पनीले ४२ सय तिर अनि तिमीलाई घर पठाउँछु, भनेछ। कम्पनीको नियम अनुसार यूएईको पैसा ४२ सय तिर्नुपर्ने र त्यसैसमयमा कोरोना संक्रमणका कारण लागू भएको लकडाउनले गर्दा उनको ६ महिना उतै बित्यो।

बीचबीचमा बिरामी भइराख्ने उनी प्रेग्नेन्ट भएको सात महिना लागेपछि भने साह्रै बिरामी भएर हस्पिटल भर्ना भइन्। उनका अनुसार हस्पिटलले सात महिनामै बच्चा जन्माउनु पर्छ भनी अप्रेशन गर्न सल्लाह दियो। तर साहाराबिन उनले मरे पनि मर्छु तर अप्रेशन गर्दिन भनेपछि बिना अप्रेसन बच्चा जन्माउने प्रोसेसमा हस्पिटल लागि प-याे।

अन्तत: उनले दुबई पुगेको सात महिनामा दुईटी(जुम्ल्याहा) छोरीलाई जन्म दिइन्। बच्चा जन्मिएको चार दिनपछि मात्रै आफूले देख्न पाएको बताउने उनले पहिलो बच्चा नर्मल र दोस्रो बच्चा भने मेशीनले तानेको बताउँछिन्।

‘यहाँबाट पैसा तिरेर गएको छौं, आउनु पर्दैन। बच्चा कसैले लिन्छ भने देउ, मलाई बच्चा चाहिँदैन, दुई–दुई वटा बच्चा पाल्ने मेरो क्षमता छैन, पैसा पनि छैन। तिमीसँग म बस्ने पनि होइन’, भन्दै श्रीमानले फोनमार्फत थर्काएको बताउने उनी भने पहिलो गर्भको बच्चा भएकाले फाल्न नचाहेको र औषधि खाएर बच्चा फाल्दा पनि गाह्रो हुने भएकाले बच्चा जन्माउने निर्णयमा पुगेको सुनाउँछिन्।

सुरुका दिनमा उनका श्रीमानले मेरो बच्चा होइन, कसैको जन्माइस् होला भनेर आरोपसमेत लगाएका रहेछन्। उनका अनुसार नेपाल आएपछि डीएनए टेष्ट गर्छु अनि हो–होइन भन्ने कुरा थाहा हुन्छ भनेपछि उनका श्रीमानले अहिले मेरो बच्चा होइन भन्न छाडेका रहेछन्।

दुबईमा तीन महिना मात्रै जागीर खाएकी उनले त्यसपछिका दिनहरुमा भने जागीर र पैसा बिनाको कष्टकर जिन्दगी बिताइराखेकी छन्।

त्यँहीका नेपाली साथीभाइले सहयोग गरेकाले आजसम्म बाच्न सफल भएको बताउने उनले भनिन्, ‘बच्चा जन्मिसकेपछि पनि हस्पिटलमै फिलिपिन्सकी एक महिलाले दुई सय ५० रुपैयाँ खर्च गरेर दुई हप्तासम्म खाने बस्ने व्यवस्था गरिदिने ठाउँ देखाइदिइन् र दुई हप्तापछि तिमी नेपाल जाने प्रोसेस गर्न तिर लाग भनिन् र मैले त्यसै गरेँ। त्यसबेला सुत्केरी समयमा कागजपत्रको लागि सम्बन्धित ठाउँहरुमा आधा घण्टा लगाएर उताउता गरी हिडेकाले खुट्टा सुनिएको थियो। त्यसबेला आफूसँग खानको लागि एउटा बिस्कुट किन्ने पैसा पनि थिएन। डकुमेन्ट पनि बनेन्। तरपनि जसोतसो गर्दै बच्चाहरु लिएर तीन महिनासम्म हस्पिटलमै बसेँ।’

उनको श्रीमानले बिहे दर्ता नबनाइदिएकाले अहिले उनले जन्माएको बच्चा अवैधानिक बनेका छन्। जसले गर्दा उनलाई बच्चासहित नेपाल आउन गाह्रो परिराखेको छ। उनको र श्रीमानको नेपालमा बस्दा पनि सम्बन्ध खासै राम्रो नभएकाले विवाह दर्ता बनाउन खासै चासो नदिएका रहेछन्। उनका अनुसार हाल उनका श्रीमान भने दोस्रो विवाह गर्ने तरखरमा रहेछन्। उनी भन्छिन्, ‘पहिलेदेखि नै श्रीमान पनि विदेश जाने आउने गर्नुहुन्थ्यो, हाम्रो सम्बन्ध खासै राम्रो थिएन, त्यसपछि म दुबई आएको हो।’

श्रीमानले बिहे दर्ता नगरिदिने भएपछि अहिले उनी आफन्तबाट बनाउन लागिपरेकी रहेछिन्। बिहे दर्ताको लागि उनलाई आफ्नै बैनी ज्वाँइले सहयोग गर्ने भएका छन्। तर के हुने हो भनि चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, ‘बैनी र मेरो अनुहार पनि मिल्छ, त्यही भएर बैनीको श्रीमान र मेरो ज्वाँइसँग बिहे दर्ता बनाउने कुरा भएको छ, कोशिस गरिराखेको छु।’

दुबईको जेलमा केही दिन बसेर बच्चासहित नेपाल फर्किन दिएको खण्डमा जेल बस्नसमेत तयार रहेको बताउने उनी भन्छिन्, ‘बिहे दर्ता भएन भने मलाई जेलमा दुई–तीन महिना राख्छन्, त्यति गरे पनि बच्चाहरु लान भने दिँदैनन्, बच्चा यही राख्छन् रे। त्यही भएर बच्चाको लागि भएपनि पेपर बनाउनु पर्छ। प्रेग्नेन्ट हुँदा पनि मलाई एक दिन जेलमा राखेका थिए। तर मैले बिहे भैसकेको हो भनेर बिहेको फोटोहरु देखाएपछि उनीहरुले त्यतिबेला मलाई मौका दिए र छोडिदिए।’

उनी भन्छिन्, ‘बच्चा जन्मिएपछि पनि कम्पनीलगायत सबै ठाउँमा मेरो समाजको अगाडि बिहे भएको हो भनेर फोटो देखाए। तर पनि उनीहरुले विवाह दर्ता छैन भने पुलिसकोमा फर्म भर्नु पर्छ, नभए पछि नराम्रो हुन्छ भन्न थाले। मेरो मागी विवाह नै भएको हो। हाम्रोमा आफन्तैसँग विवाह हुने चलन भएकोले उ पनि(श्रीमान) आफन्त नै पर्छ। उ मभन्दा १२ वर्ष जेठो हो। । एउटै गाउँका हौं, उ मेरो फुपुको छोरा पनि पर्छ।’

पछिल्लो समय एनआरएनए, यूएईले खानालगायतको खर्च गरिराखेको बताउने उनी भन्छिन्, ‘अफिसले मलाई एक रुपैयाँ पनि खर्च गरेको छैन्। साथीभाई लगायतले खर्च दिएर अहिलेसम्म म बाचिराखेको छु।’

काम गरेको कम्पनीले समेत पासपोर्ट दिन झुलाईराखेको कारणले उनी डिप्रेसनमा जाने अवस्थामा पुग्न लागेको त्यहाँ बसोबास गर्दै आएका एक नेपालीले नाम नबताउने सर्तमा भने, ‘ती महिला साच्चिकै डिप्रेसनमा गैसकेको अवस्था छ बच्चाको लागि मात्र भए पनि बाचेको छु भन्ने जस्ता शब्द बोल्दै छिन्। ती महिलासँग दुईवटा बच्चा बाहेक केहि पनि छैन, बच्चालाई खुवाउनको लागि खाना अरुले सहयोग गरिरहेका छन। नेपालबाट पठाएको मेनपावरलाई सम्पर्क गरी आफ्नो गुनासो सुनाउदा म्यानपावरले ६ महिना कटेपछि हाम्रो कुनै जिम्मेवारी रहँदैन भनेछ। अहिले त्यो म्यानपावरले तिनको फोन उठाएको छैन्।’

ती नेपालीले भने, ‘उनले नेपाल जानको लागि यूएईमा भएका धेरै संस्था तथा एनआरएनएसँग पनि गुहार त मागेकी रहेछिन्। उनीहरुले बस्ने ठाउँ त दिएका छन् तर, घर पठाउने बारे भने खासै तदारुकता देखाएका छैनन्। अहिले उनी बिरोजगार छिन र दुईवटा बच्चा पालेर यो प्रदेशमा बाच्न बाध्य भएकी छन।’

प्रदेशमा पीडामा परेकी एक नेपाली चेली, जसले वास्तविकता सबै उजागर गर्दै रोईकराई गर्दा समेत आफ्नो देश फर्किन पाइराखेकी छैनन्। घरपरिवारबाट समेत कुनै सहयोग नपाएकाले दुईवटा दुधे बालिकासहित उनी साच्चिकै पीडामा छिन्।

त्यहाँको दूतावास, एनआरएनए, कम्पनीका साथै नेपालबाट पहल हुन्छ कि भन्ने आशामा बसेकी उनको उद्धार कसले, कसरी र कहिले हुने हो?, भन्ने निश्चित भइसकेको छैन।

अनिश्चित प्रतिक्षाको घडीले उनी मानसिक सन्तुलनको शिकार हुन नपरोस्। र, उनको उद्धारको लागि सम्बन्धित निकायले चाडोभन्दा चाडो सहयोगको हात बढाओस्।

153160286 254333793030352डिसी नेपाल

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...