annapurna add

sfsfsdf

मलेसियामा एक युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् । मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ । मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् । प्रहरीका अनुसार त्यस रेष्टुरेन्टमा ग्राहक बनेर गएका ती युवकले सामान्य विवाद हुँदा युवतीमाथि छुरा हानेका थिए ।

भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको बुधबार ती युवकले हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक युवतीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...