Hidden
लण्डनमा एक नेपालीको हत्या
लण्डनमा सामान्य विवादका कारण आइतबार राति एकजना नेपालीको हत्या भएको छ ।
लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी करिब ४० वर्षीय विक्रम केसी भएको खुल्न आएको छ ।
२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कुटपिट भएपछि घटनास्थलमै केसीको मृत्यु भएको थियो ।
सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृतक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब ३ मिनेटको दुरीमा हत्या भएको हो ।
पाँच मिनेटमा घरआइपुग्छु भनेर श्रीमतीलाई खबर गरेको तर, लामो समयसम्म श्रीमान् घर नआएकोले श्रीमती स्टेशनतिर निस्कदा उनले प्रहरी र एम्बुलेन्स देखिन् ।
प्रहरीसँग आफ्ना श्रीमान्को बारेमा सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरेका थिए ।’
घटनाको सम्बन्धमा एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको र हाल उनी प्रहरी हिरासतमा छन्।
प्रकासित मिति