‘ऊहान प्रयोगशालाबारे अमेरिकाको रिपोर्ट पूर्ण रुपमा झुटो’ : चीन

कोरोना संक्रमणको सुरु हुनु अघि ऊहान शहरमा तीन अनुसन्धानकर्ता बिरामी भएर अस्पताल गएको खबरलाई चीनले पूर्ण रुपमा झुटो बताएको छ ।

आइतबार वाल स्ट्रीट जर्नलले अमेरिकी गुप्तचरको रिपोर्टलाई उद्धृत गर्दै ऊहान प्रयोगशालाका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बर महिनामा यस्तो रोगसँग जुधिरहेका थिए जसको लक्षण कोभिड–१९ र साधारण रुघा–खोकी, दुवैसँग मेल खान्थ्यो भन्ने दाबी गरिएको छ ।

कोरोनाभाइरस कुनै प्रयोगशालाबाट लिक भएर सर्वसाधारणबीच फैलिएको भन्ने दाबीलाई चीनले गलत बताउँदै आएको छ ।

चीनले पहिलो पटक ३१ डिसेम्बर, २०१९ मा विश्व स्वास्थ्य संगठनलाई ऊहानमा अचानक निमोनियाका बिरामी बढेको जानकारी दिएको थियो ।

त्यसपछि कोरोनाभाइरसको पहिचान भयो र हेर्दाहेर्दै यो संसारभरी फैलियो । हालसम्म ३४ लाखभन्दा बढीको यो भाइरसका कारण ज्यान गइसकेको छ ।

‘आजसम्म ऊहान प्रयोगशालाको कुनै पनि कर्मचारी संक्रमित भएका छैनन्’

सोमबार जब पत्रकारले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानलाई यसबारे प्रश्न गरे तब उनले यो खबरलाई झुटो बताए ।

लिजियानले भने, ‘ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीले २३ मार्चमा बयान जारी गरेको थियो । उक्त बयान अनुसार त्यहाँ ३० डिसेम्बर २०१९ अघि कोभिड–१९ को कोही पनि संक्रमित भेटिएका थिएनन् र हालसम्म यहाँका कोही पनि कर्मचारी र विद्यार्थी संक्रमित भएका छैनन् ।’

चीनले सोध्यो, अमेरिकाको वास्तविक उद्देश्य के हो ?

चाओ लिजियानले यो पूरा मामिलामा अमेरिकामाथि प्रश्न उठाए ।

उनले भने, ‘म यो पनि बताउन चाहन्छु कि यस्ता थुप्रै रिपोर्ट सार्वजनिक भएका छन् कि सन् २०१९ को दोस्रो हिस्सामा संसारभरी भाइरस र कोभिड–१९ महामारी व्याप्त भएको कुरा गरिएको छ ।’

‘साथै फोर्ट डेट्रिकमा रहेको बायोलोजिकल ल्याब र संसारभरी २०० भन्दा बढी बायो ल्याब बन्नुको पछाडि अमेरिकाको वास्तविक उद्देश्यको विषयमा अन्तरराष्ट्रिय समुदायमा चिन्ता छ ।

लिजियानले सोधे, ‘प्रयोगशालामा लीक भएको थ्योरीलाई बारम्बार उचाल्नुको पछाडि अमेरिकाको वास्तविक उद्देश्य के हो ? ऊ यो भाइरसको स्रोतबारे पत्ता लगाउने बारे गम्भीर छ वा ध्यान बाँड्ने कोसिस गरिरहेको छ ?’

लिजियानलाई पुनः ‘के तपाईं नोभेम्बर सन् २०१९ मा ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य बिरामी भएर अस्तपाल गएका थिए कि थिएनन् भनेर पुष्टि गर्न सक्नुहुन्छ ? ’ भनेर सोधियो ।

यसबारे उनले भने, ‘मैले ऊहान इन्स्टिच्युटको बयानको आधारमा चीनको पक्ष स्पष्ट पारिदिएको छ । त्यसैले जुन रिपोर्टमा इन्स्टिच्युटका तीन सन्दस्य बिरामी भएको खबर छ, त्यो पूर्ण रुपमा झुटो छ ।’ बीबीसी

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..