पुलिस कारमा यौन सम्बन्ध राख्ने २ पुलिस अधिकारीकाे भिडियो बाहिरिएपछि

पुलिस कारको पछिल्लो सिटमा यौन सम्बनधमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै पुलिस अधिकारीहरुलाई बर्खास्त गरिएको छ ।

यी पुलिस अधिकारीहरु मेक्सिकोका हुन् । उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो ।

उनीहरुका उच्च अधिकारीहरुले यो भाइरल भिडियो देखेपछि उनीहरुलाई कारवाही गरेको द सनले जनाएको छ ।

भिडियोमा यी दुवै पुलिस अधिकारीहरु शरीरको तल्लो भागमा नग्न छन् तर शरीरको माथिल्लो भागमा पुलिसको युनिफर्म लगाएका छन् ।

महानगरीय पुलिसले उनीहरु दुवैलाई बर्खास्त गरिएको र सोधपुछ भइरहेको जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..