फर्किए छ महिना पछि अन्तरिक्ष यात्री

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् ।

यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् ।

सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो ।

यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।

रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै जनाको अवस्था ठिक छ ।

साथै उनीहरुले आफूहरुलाई गुरुत्वको हिसाबमा ढाल्न सुरु गरिसकेका छन् ।

यात्रीहरुले आफ्नो अनुभव एकदमै राम्रो रहेको पनि बताए । यी तीन यात्रीहरु १४ अक्टोबरमा पृथ्वीको तल्लो कक्षमा चक्कर काटिरहेको प्रयोगशाला परिसरमा (iss ) पुगेका थिए ।

त्यहाँ उनीहरुले अन्तरिक्षसँग सम्बन्धित अध्ययन गरेका थिए । अहिले अन्तरिक्ष स्टेशनमा सातजना यात्री रहेका छन् ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..