भारतमा हावा, हुरी र बर्षाका कारण ३१ जनाको मृत्यु

भारतका विभिन्न राज्यमा आएको वर्षा, हावाहुरी र चट्याङका कारण ३१ ज्नाको मृत्यु भएको छ ।

हिजो आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको छ । हावाहुरी र बर्षाका कारण अरु दर्जनौ घाइते भएको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

हावाहुरीका कारण करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारू राहत दिने घोषणा गर्नुभएको छ ।

हावाहुरीले केही दिनयता भारतको दैनिक जनजीवन समेत प्रभावित बनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..