मोडलसँग आपत्तिजनक अवस्थामा भेटिएपछि

ब्रजिलका एक चर्चित गायकको एक दुर्घटनामा मृत्यु भएको छ ।

२३ वर्षका गायक एमसी केभिनले केवल २ हप्ता पहिले बिहे गरेका थिए । बिहेको दुई हप्तामै यी चर्चित गायक श्रीमतीलाई धोका दिएर अर्की मोडलसँग शारीरिक सम्बन्ध बनाइरहेका थिए ।

तर त्यही बेला यस्तो घटना भइदियो कि उनले निकै त्रासदीपूर्ण दुर्घटनामा ज्यान गुमाउनुपर्यो ।

त्यस दिन एमसी केभिन ब्राजिलको रियो द जेनेरियोमा एक होटलमा आफना साथी भिक्टरसँग थिए । यो होटलमा उनीहरुले २६ वर्षकी मोडल बियान्कासँग भेटे । सबैले मिलेर यहाँ नशालु पदार्थको सेवन गरे त्यसपछि भिक्टरले बियान्कासँग शारीरिक सम्बन्धको बारेमा कुरा गरेका थिए । यस क्रममा केभिनले आफूले ३३ वर्षकी डियोलेनसँग बिहे गरिसकेकोले यो कुरा गोप्य राख्नुपर्ने बताएका थिए । मोडलले पहिले उनीहरुको कुरा नमानेको भए पनि केही समयपछि यसको लागि राजी भएकी थिइन् ।

खासमा केभिनकी पत्नी डियोलेन पनि त्यही होटलमा थिइन् । केभिनलाई यो कुरा थाहा थिएन तर क्रुजलाई यो कुरा थाहा थियो । त्यसपछि केभिनका सुरक्षा गार्डले भिक्टरलाई केभिनकी पत्नीले उनलाई खोजिरहेको सूचना पनि दिएका थिए । भिक्टरले पनि केभिनलाई यसबारे बताएका थिए तर केभिनले यो कुरालाई बेवास्ता गरे । तर, केही बेरपछि केभिन बाथरुमबाट निस्कने क्रममा आफ्नी पत्नी आफ्नो कोठामा आइसकेको देखेका थिए । पत्नीलाई कोठामा देखेपछि केभिन बाल्कोनीमा लुक्ने प्रयास गरिरहेका थिए तर यस प्रयासमा खुट्टा चिप्लिएपछि उनी तल खसे । केभिनलाई त्यसपछि अस्पताल लगिएकोमा त्यहाँ उनलाई मृत घोषित गरियो ।

ब्राजिलका यी गायक निकै लोकप्रिय थिए । उनी कतिसम्म लोकप्रिय थिए भने ब्राजिलका फुटबल सुपरस्टार नेयमारले पनि उनलाई श्रद्धाञ्जली दिएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..