यसरी हुनेछ राजकुमार फिलिपको अन्तिम संस्कार

गत साता शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार एप्रिल १७ शनिवारका दिन हुन लागेको छ।

त्यसका लागि आवश्यक तयारीहरू भइरहेका छन्। उक्त समारोहबारे हामीलाई थाहा भएका कुरा यहाँ प्रस्तुत गरिएको छ।

राजकुमार फिलिपको अन्तिम संस्कार कहाँ हुनेछ?
अन्तिम संस्कारको औपचारिक शाही समारोह एप्रिल १७ का दिन शनिवार ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७:४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ।

राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ।

राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ।

अन्तिम संस्कार समारोह टेलिभिजनमार्फत् देखाइनेछ।

अन्तिम संस्कारमा को-को सहभागी हुँदैछन्
कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउँछन्।

आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार छन्।

उनका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनेछन्। उनकी गर्भवती पत्नी मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट आउनेछैनन्।

गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्केका हुन्।

सरकारीले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ।

तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन्।

अन्तिम संस्कार हुने दिन के-के गरिनेछ
औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन।

राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दीमा आरूढ व्यक्तिका आयोजित गरिन्छ। तर यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम संस्कार पनि राजकीय सम्मानपूर्वक गरिएको थियो।

उनका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनेछन्। उनकी गर्भवती पत्नी मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट आउनेछैनन्।

गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्केका हुन्।

सरकारीले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ।

तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन्।

अन्तिम संस्कार हुने दिन के-के गरिनेछ
औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन।

राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दीमा आरूढ व्यक्तिका आयोजित गरिन्छ। तर यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम संस्कार पनि राजकीय सम्मानपूर्वक गरिएको थियो।

शवयात्रा अघि बढ्ने मार्गमा रोयल नेभी, रोयल मरीन, द हाइल्यान्डर्स, स्कटल्यान्डको चौथो रोयल रेजिमेन्टको गण र रोयल एअर फोर्सका सदस्यहरू पङ्क्तिबद्ध हुनेछन्।

द किङ्स रोयल होर्स आर्टिलरीले इस्ट लनबाट निरन्तर बन्दुकको सलामी अपर्ण गर्नेछ।

बीसएटी १४:५३ बजे उक्त ल्यान्ड रोभर सेन्ट जोर्जेज् च्यापलको वेस्ट स्टेप्समा आएर रोकिनेछ र त्यहाँ राइफल्स रेजिमेन्टले सम्मान गारथ सहित सलामी र राष्ट्रीय गान प्रस्तुत गर्नेछ।

हाउसहोल्ड क्याभलरीका सदस्यहरू वेस्ट स्टेप्समा लामबद्ध हुनेछन् र शवपेटिकालाई च्यापलतर्फ बोकेर लैजाँदै गर्दा रोयल नेभीको एउटा ब्यान्डले विशेष धुन बजाउनेछ।

ड्यूकको मर्यादाअनुसार ढाकिएको उक्त शवपेटिका माथि माल्यार्पणका लागि पुष्पगुच्छाड्यूकको जलसेनामा कार्यरत हुँदा उनको टोपी र खड्ग हुनेछन्। विन्ड्सरका डीन र आर्चबिशप अफ क्यान्टबरी पनि त्यहाँ सहभागी हुनेछन्।

राजपरिवारका सदस्यहरू मात्रै च्यापलमा प्रवेश गर्नेछन् र शवयात्रामा सहभागी अरू व्यक्ति बाहिरै बस्नेछन्।

बीसएटी १५:०० बजे ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ। मौनधारण अवधिको आरम्भ र अन्त्यको सङ्केत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिनेछ।

च्यापलभित्र अन्तिम संस्कारको समारोह सुरु हुनेछ र शवपेटिकालाई क्वाईरमा रहेको क्याटाफ्लेक भनिने संरचनामा राखिनेछ।

उक्त समारोहपछि ड्यूकलाई रोयल भल्टमा समाधिस्थ गरिनेछ।

झण्डा र चिह्न
ड्यूकको शवपेटिका उनको व्यक्तिगत झण्डाले ढाकिनेछ। उक्त झण्डाले उनको जीवन, ग्रीक मूलदेखि ब्रिटिश सम्मानहरूलाई प्रतिनिधित्व गर्नेछ।

सन् १९४६ मा तत्कालीन राजकुमारी एलिजावेथसँग विवाह गर्ने पक्का भएपछि उनी आफ्नो ग्रीक हैसियत त्याग गर्दै ब्रिटिश नागरिक बनेका थिए र आफ्नी आमाको वंशबाट आएको अङ्ग्रेजी नाम माउन्टब्याटन ग्रहण गरेका थिए।

माउन्टब्याटन परिवारलाई पनि त्यही भएर विशेष सम्मान दिइएको छ। विवाहपछि फिलिप ड्यूक अफ एडिन्बरा बनेका थिए। सेन्ट जोर्जेज् च्यापलमा राजकुमार फिलिपको जीवन र देशप्रतिको उनको सेवा झल्काउने कैयौँ सामग्रीहरू प्रदर्शन गरिनेछ।

तिनमा ड्यूकले यूकेबाट प्राप्त गरेका चिह्न, पदवी, अलङ्कार र कमनवेल्थ देशहरू, रोयल एअर फोर्सबाट प्राप्त सम्मान र डेनमार्क अनि ग्रीसबाट प्राप्त गरेका सम्मान छन्।

च्यापेल
सर्वसाधारणले कसरी सम्मान व्यक्त गर्न सक्नेछन्
स्वास्थ्यसम्बन्धी सुझावहरूका कारणले गर्दा सर्वसाधारण नागरिकलाई अन्तिम समारोहका कुनै पनि गतिविधिमा भाग नलिन भनिएको छ।

राजपरिवारले दरबारहरूमा फूल वा अरू सन्देशहरू पनि नराख्न आग्रह गरेको छ।

राजपरिवारको वेबसाइटमा सर्वसाधारणहरूलाई ड्यूकको सम्झनामा फूल खरिद गर्नुको साटो परोपकारी संस्थाहरूमा दान गर्नेबारे विचार गर्न भनिएको छ।

व्यक्तिगत रूपमा श्रद्धाञ्जलि व्यक्त गर्न अनलाइन शोकपुस्तिका पनि उपलब्ध छ।

अन्तिम संस्कारपछि के हुन्छ
अन्तिम संस्कारको दिन राष्ट्रिय शोकको अवधि समाप्त हुन्छ।

राजपरिवारले दुई साता शोक मनाउनेछ। तर परिवारका सदस्यहरू उपयुक्तता हेरेर शोकको सङ्केत गर्न कालो रङ्गको पट्टी लगाएरै कार्यक्रमहरूमा सहभागी हुनेछन्। बिबिसि नेपाली

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..