रुसमा करिब ५० लाख संक्रमित पुगे

रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।

रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको ।

गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो ।

यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ ।

रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन् ।

यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् ।

यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ ।

तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन् । –सिन्ह्वा

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..