र्‍यापर भर्टको निधारमा खोपिएको २ अर्ब ८२ करोडको हिरा चोरी !

अमेरिकाका चर्चित र्‍यापर लिल उजी भर्टको निधारमा खोपिएको गुलाबी रङको निकै महँगो हिरा चोरी भएको छ।

सीएनएनका अनुसार उक्त गुलाबी रङको हिराको मूल्य २४ मिलियन अमेरिकी डलर हो (२ अर्ब ८२ करोड भन्दा बढी रुपैयाँ)काे सो हिरा सर्जरी गरेर उनको निधारमा खोपेर राखिएको थियो।

वास्तवमा गत जुलाईमा भएको कन्सर्टमा उनको हिरा निधारबाटै फुत्काइएको हो।

उनले सन् २०१७ मा उक्त हिरा लोनमा खरिद गरेका थिए। हालसम्म पनि उनले सो हिराको बाँकी रकम तिर्न सकेका छैनन्। उनले किस्तामा हिराको मूल्य चुकाईरहेका थिए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..