१० लाख कोरोना खोप लिन चीन जाँदै वाइडबडी

चीन सरकारले अनुदान दिने घोषणा गरेको १० लाख डोज भेरोसेल कोरोना खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जाँदैछ । चीनले यसअघि पनि अनुदानमै ८ लाख डोज भेरोसेल कोराना खोप दिइसकेको छ । नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे बेइजिङ प्रस्थान गर्नेछ भने भोलि दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..