annapurna add

आज २५ अक्टुुबर । इराकको बग्दादमा दुईवटा गाडीमा फिट गरिएको बम बिस्फोट हुँदा कम्तिमा १ सय ५५ जनाको मृत्यु भयो भने ७ सय २१ जना घाइते भए । एउटा मिनिभ्यान र अर्को २६ सिटे बसमा बिस्फोट भएको थियो । 

A bomb blast near the Iraqi capital Baghdadकानून मन्त्रालय र बग्दाद प्रान्तीय काउन्सिल भवनलाई निशाना बनाएर स्थानीय समयअनुसार १० बजेर ३० मिनेट जाँदा यी बिस्फोट गराइएको थियो । कानून मन्त्रालयदेखि ५० मिटर पर रहेको स्थानीय मन्त्रालय र केही सार्वजनिक कार्यालयहरुमा पनि क्षति पुुग्यो ।

मृत्यु हुनेमा कानून मन्त्रालयका ३५ कर्मचारी र बग्दाद प्रान्तिय काउन्सिलका २५ जना कर्मचारी पनि थिए । त्यस्तै, तीनजना अमेरिकी नागरिकको पनि मृत्यु भयो । कानून मन्त्रालय नजिकैबाट बच्चाहरु बोकेर जाँदै गरेको बसमा पनि बिस्फोटको असर प¥यो, जसकारण दुुई दर्जन बालबालिका र ड्राइभर मारिए भने ६ जना बालबालिका घाइते भए ।

बिस्फोटका कारण सेन्ट जर्ज चर्चमा ठूलो क्षति निम्तिएको थियो ।
अगस्ट २००७ पछि बग्दादमा भएको यो सबैभन्दा दर्दनाक अक्रमण थियो ।

तत्कालीन इराकी सहायक गृहमन्त्री अहमद अल खाफाजीका अनुसार यी बमहरु बिस्फोटस्थलबाट नजिकैको ग्रिन जोनभित्रै तयार गरिएको थियो । ‘बिस्फोटको योजना बनाएकाहरु इस इलाका नजिकै घर भाडामा लिएर बसेजस्तो देखिन्छ,’ उनले भनेका थिए ।

मार्च ११, २०१० मा ईराकी प्रहरीले मुनफ अब्दुल रहिम अल रावीलाई घटनाको मुख्य योजनाकारका रुपमा पक्राउ ग¥यो । ईस्लामिक स्टेट अफ ईराकका नेता अलरावीले अगस्ट २००९ देखि बग्दादका धेरै स्थानमा बिस्फोट गराएको ईराकी सेनाको दाबी थियो ।

उनी पक्राउ परेको एक महिनापछि नै अलकायदाका नेताहरु अयुुब अल मस्री र अबु ओमर अल बग्दादी अमेरिकी–ईराकी सेनाको संयुक्त कारबाहीमा मारिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार