कैदी नम्बर ‘१५०९’ : कमरेड गोञ्जालोले अब लालसलाम भन्ने छैनन् !

पेरुका तानाशाही शासक फुजीमोरीले १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका गोञ्जालोको जेल जीवन कै क्रममा मृत्यु भएको छ। पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का नेता गोञ्जालोको शनिबार साँझ पेरुको जेलमा ८६ वर्षको उमेरमा निधन भएको हो। उनको संक्रमणका कारण उपचार हुँदा हुँदै सैनिक अस्पतालमा निधन भएको हो । पछिल्लो समय छालाको क्यान्सरबाट पीडित उनी बरु जेलभित्रै मर्ने तर नझुक्ने प्रण गरेका थिए। गोञ्जालोको स्वास्थ्य कमजोर बन्दै गएपछि विश्वभरिका कम्युनिस्टहरूले उनको रिहाइको माग गर्दै आएका थिए।

सन् १९८० बाट पेरुमा सुरु भएको जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुग्दा गोञ्जालो गिरफ्तार परेका थिए। सन् १९९२ मा उनलाई लिमा शहरको एउटा घरबाट गिरफ्तार गरिएको थियो। त्यसपछि पेरुको अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो। पेरुको सरकारले गोञ्जालोलाई सशस्त्र क्रान्तिका दौरानमा भएको भौतिक र मानवीय क्षतिमा दोषी करार गर्दै गिरफ्तार गरेको थियो। गोञ्जालोले दक्षिण अफ्रिकी स्वतन्त्रता सेनानी नेल्सन मण्डेला भन्दा २ वर्ष बढी जेलजीवन बिताउने नेता हुन्। पेरुमा सजाय पाए पनि गोन्जालो सशस्त्र द्वन्द्व ठिक ठान्ने कम्युनिस्टहरू माझ लोकप्रिय थिए । उनको विचारबाट प्रभावित भएर कैदी नम्बर ‘१५०९’ भन्दै थुप्रै कथा, कविता र गीत लेखिएका छन् ।

गोञ्जालोको जन्म सन् १९३४ डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृंखला पेरुमा भएको हो। गोन्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो। एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए। सन् १९४५ मा दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयमा खुसी मनाउन पेरुका वामपन्थीहरुले निकालेको जुलुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो।

उनी सन् १९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका थिए। उनी सन् १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए। १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरु कम्युनिष्ट पार्टीको सदस्य भएका उनलाई सन् १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो। सन् १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा सन् १९८१ मा पेरुमा सशस्त्र जनयुद्ध सुरु गरिएको थियो।

सोभियत मोडेलको समाजवादको पतनसँगै विश्वकम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेलामा पेरुमा नयाँ किसिमबाट सशस्त्र जनयुद्ध संचालन गरि कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्ने कार्यमा पेरु कम्युनिष्ट पार्टी (साइनिङपाथ) ले सन् १९८१ मा ऐतिहासिक पहल ग-यो । पेरुमा संचालित जनयुद्धले छोटो अवधिमा गाउँ देखि शहर घर्ने सिद्धान्त बमोजिम केन्द्रीय सत्ता कब्जा गर्ने तहसम्म विकास गरेर सबै खाले संशोधनवादी, प्रतिक्रियावादी तथा अमेरिकी साम्राज्यवादको स्वर्गमा ठूलो भूइचालो ल्याइदियो । अनि पेरुका क्रान्तिकारी जनता, विश्वका भाइचाराहरुमा आशा र उत्साहको सञ्चार पैदा गरिदियो ।

पेरु पश्चिम दक्षिण अमेरिकी राष्ट्र हो । यसको दक्षिण प्रशान्त महासागरसँग सिमा जोडिएको छ । यो चिली र इक्वेडरको बिचमा पर्दछ । यसको क्षेत्रफल १२८५२२० वर्ग किलोमिटर छ । यसको जनसंख्या करीब ३० करोड छ । यसको राजधानी लिमा हो । सन् १९८० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोन्जालोको नेतृत्वमा संचालित जनयुद्धले पेरुमा एकैदम छिटो विकास ग-यो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत त्यस जनयुद्धले राजधानी लिमा सहित तीनवटा मुख्य शहर र अन्य गावैगाउले भरिएको पेरुमा जनयुद्धले सम्पूर्ण पहाडी गाउहरु र दुइवटा शहरहरुसमेत कब्जा गरेर राजधानी लिमा कब्जा गर्न चारैतिरबाट घेराबन्दी गर्ने सम्मको विकास गरि सकेर केन्द्रीय सत्ता कब्जाको नजिक पुगि सकेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..