ज्याक माले पैसा बाँड्ने हल्लापछि बैंकमा मानिसको लाइन

aged peopl lined up to get money

चीनमा अनलाइनमार्फत विश्व विख्यात अलिबाबा कम्पनीका अर्बपति मालिक ज्याक माले पैसा बाँड्दै छन् भन्ने हल्ला फैलिरहेको छ । चान्द्रिक नयाँ वर्ष (एलएनवाई) को उपलक्ष्यमा सो रकम वितरण गरिने हल्ला चलेको हो । तर, स्थानीय सरकारी निकायले भने झुटो अफवाह मात्र हुनसक्ने चेतावनी दिएको छ । माले विगतमा आफ्ना कम्पनीहरू बापत एलएनवाईको अवसरमा आफ्ना ग्राहकहरूलाई लाखौं अमेरिकी डलर बाँड्ने गरेका थिए ।

aged peopl lined up to get moneyअनलाइनमार्फत आगोसरी हल्ला फैलिएपछि चिनियाँ वृद्धवृद्धाहरू देशभरिका बैंकमा लाइन लाग्न थालेका छन् । वीच्याट समँहले साथी वर्ष वा सो भन्दा बढि उमेरको प्रमाणित गर्ने जोसुकैलाई माले जनही २ सय चिनियाँ युआन अर्थात् करिब तीस अमेरिकी डलर दिने हल्ला चलाएपछि सबैभन्दा बढि जियाङ्सी प्रान्तको फुझोउका बैंकहरूमा बाक्लो भिड लाग्न थालेको बताइएको छ ।११ फ्रेब्रुअरीमा शुरू भएको नयाँ चान्द्रिक वर्ष १७ फ्रेब्रुअरीसम्म धँमधामका साथ मनाइने गरिन्छ । यस अवधिमा मुलुकभरि नै व्यापार व्यवसाय बन्द रहने गर्दछ भने मानिसहरू विशेष खालको रातो खाममा पैसा राखेर उपहारस्वरूप साटासाट गर्ने गर्दछन् । यसले नयाँ वर्षमा समृद्धि ल्याउने विश्वास गरिन्छ ।

तर, स्थानीय निकायले वृद्धवृद्धाहरूलाई सम्भावित उपहारका लागि हल्लाको पछि नलाग्न चेतावनी दिएको छ । फुझोउ महानगर जनसुरक्षा ब्युरोले एक आपतकालीन सुचना जारी गर्दै वरिष्ठ नागरिकहरूलाई सम्भावित ठगी हुनसक्ने चेतावनी दिएको छ ।जेहोस् सन् २०१४ मा माको अलिबाबाले करिब ९ लाख ९० हजार युआन अर्थात् १ लाख ५३ हजार अमेरिकी डलर बराबरको वीच्याटमार्फत प्रयोगकर्ताहरू समक्ष पु¥याउन ९९ लाख ९ सय ९९ वटा अनलाइन कुपन जारी गरेको थियो । यसैगरी, सन् २०१६ मा अलिबाबाको मोबाइल भुक्तानी शाखा अलिपेले एउटा टेलिभिजन प्रमोसनमा १२ करोड डलर दिएको थियो ।

त्यसैगरी, सन् २०१८ मा अलिबाबाले ‘डिजिटल रेड एनेभेलप’ एआर गेममार्फत आफ्ना ग्राहकहरूलाई करिब ८२ करोड डलर बाँडेको थियो । अलिबाबा र एन्ट ग्रुपका संस्थापक मा विगत तीन महिनायता कमै मात्र सार्वजनिक भएका थिए । गत वर्ष चीन सरकारले आफ्ना कम्पनीहरूमाथि छानबिन प्रक्रिया अघि बढाउँदा उनी केही समय भुमिगत भएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..